अल्मुताइरीलाई कसले लगायो म्याच फिक्सिङको आरोप ?

अल्मुताइरीलाई कसले लगायो म्याच फिक्सिङको आरोप ?

उनले साफ च्याम्पियनसिपको फाइनल खेलपछि आफू नेपाल नफर्किने बताउँदै राजीनामा समेत दिइसकेको खुलाएका हुन्।

उनले बङ्गलादेशसँग बराबर नतिजा निस्किएपछिको पत्रकार सम्मेलनमा भारतसँगको साफ च्याम्सिपयनसिपको फाइनल खेल नै नेपालको प्रशिक्षकको रूपमा अन्तिम खेल हुने बताएका हुन्।

नेपालले फाइनल यात्रा तय गरेकोमा खुसी व्यक्त गरेका उनले पछिल्ला केही दिन आफू तनावमा रहेको समेत बताए। तनावको कारण म्याचफिक्सिङको आरोप देखियो।

भारतसँगको खेलमा उनले अपनाएको रणनीतिको आलोचना भएको थियो। नेपाल पराजित हुँदा भारत फाइनल पुग्न सफल भएको थियो।

उनले भने'म्याच फिक्सिङ गरेको प्रश्न गर्दा तपाईँलाई गर्व महसुस भयो ? म नोकर होइन, कोच हुँ ।'

असोज २८, २०७८ बिहीबार १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।