साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्ने

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्ने

भारतका लागि कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे भने मनवीर सिंहले एक गोल गरे। माल्दिभ्सका लागि भने अलि अस्फाकले गोल गरे। 

भारत अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। नेपाल भने अंक तालिकामा दाश्रो स्थानमा रहेको छ। 

योसँगै साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्ने भएका छन्। बङ्गलादेशसँग हिजै भएको खेलमा १-१ को बराबरी गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। 

फाइनल खेल शनिबार हुनेछ। नेपाली समयअनुसार खेल रातिको ८:४५ बाट सुरु हुनेछ।

असोज २८, २०७८ बिहीबार ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।