हिरासतमै आत्महत्या गरेका हकिवका परिवारलाई क्षतिपूर्ति दिन गृह मन्त्रालयद्वारा सिफारिस

इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्ति दिन गृह मन्त्रालयले सिफारिस गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सहायक प्रजिअ महेशकुमार पोखरेलका अनुसार हकिवले आत्महत्या गरेको हो होइन भन्ने विषयमा पनि छानबिन गरिने र दोषीलाई कारबाही गरिने छ।
मृतकका परिवार र प्रशासनबीच सहमतिपश्चात पीडित परिवारले शव बुझेका छन्। भोक्राहा नरसिंह गाउँपालिका-५ का हकिव मियाँले गत आइतबार हिरासत कक्षमै आत्महत्या गरेका थिए।
असोज २६, २०७८ मंगलबार ०७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।