मन्त्रालय नतोकी मन्त्रीमा नियुक्त डोबाटेले लिए शपथ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनाविभागिय मन्त्रीमा नियुक्त डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले डोबाटेलाई पद तथा गोपनीयताको शपथ गराए। उनले पाउने मन्त्रालयको टुङ्गो भने लागेको छैन।
मुख्यमन्त्री पोखरेलले यसअघि साउन ८ गते मन्त्री हुने सुचीमा राखे पनि अन्तिममा हटाएर बिन्दुकुमार थापालाई मन्त्रीमा नियुक्ति गरेका थिए।
डोबाटेको नियुक्तिसँगै गण्डकीमा मुख्यमन्त्रीसहित १२ जना मन्त्री भएका छन्। निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता जोगाउन राजीव गुरुङलाई मन्त्री बनाएर ८ सदस्यीय बनाएका थिए।
गण्डकी प्रदेश सभामा ६० प्रदेश सभा सदस्य छन्। आज पद तथा गोपनीयताको शपथ लिएका डोबाटे तनहुँबाट निर्वाचित नेपाली काँग्रेसका प्रदेश सांसद हुन्।
असोज २५, २०७८ सोमबार २०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।