तनहुँका प्रदेश सांसद डोवाटे मन्त्रीमा नियुक्त, ५ बजे शपथ

जेठ २९ गते मन्त्रीमा नियुक्त भएर शपथका लागि जाँदै गर्दा बाटोबाटै फर्काइएका डोवाटेलाई मुख्यमन्त्री नेपालीले मन्त्रीमा नियुक्त गरेका हुन्।
आज साँझ ५ बजे शपथका लागि निम्तो आएपछि अहिले पोखरा जान लागेको डोवाटेले बताए। ‘५ बजे शपथका लागि आउनु भनेपछि अहिले पोखरा जादैछु,’डोवाटेले उकेरासँग भने,‘मन्त्रालयबारे भने अहिले केही भनिएको छैन।’
डोवाटे तनहुँबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सांसद हुन्। उनी नियुक्त भएसँगै गण्डकी प्रदेशमा मुख्यमन्त्रीसहित १२ जना मन्त्री भएका छन्।
असोज २५, २०७८ सोमबार ११:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।