प्रहरी हिरासतमै युवाले गरे आत्महत्या, आफन्तले लगाए हत्याकाे आराेप

प्रहरी हिरासतमै युवाले गरे आत्महत्या, आफन्तले लगाए हत्याकाे आराेप

सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमै एक युवाले आत्महत्या गरेका छन्। केही दिनअघि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

यता युवकका आफन्तले प्रहरीले उनकाे हत्या गरेको आरोप लगाएका छन्। हिरासतभित्र केही सामग्री छिर्न नदिने गरेकामा कसरी हकिवले हिरासतभित्रै पासो लगाएर आत्महत्या गरे? भन्दै आफन्तले प्रश्न गरेका छन्।

यसैबीच आक्रोशित स्थानीयले इनरुवा बजारमा विरोध प्रदर्शन पनि गरेका छन्। आक्रोशित स्थानीयले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रहरीको सवारीमाथिसमेत तोडफोड भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ।

असोज २४, २०७८ आइतबार ११:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।