कङ्गोमा डुङ्गा दुर्घटना, सय जनाको मृत्यु

एजेन्सी : कङ्गोमा डुङ्गा दुर्घटना हुँदा १ सय भन्दा धेरैको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ। अन्य ६० जना अझै बेपत्ता रहेको समाचारमा उल्लेख छ।
दुर्घटनामा ३९ जना यात्रु जीवित रहेका छन्। यात्रुको यकिन सङ्ख्या भने जानकारी छैन।
असोज २३, २०७८ शनिबार २०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।