चितवनलाई ईपीएलको उपाधि

काठमाडौँ : एभरेस्ट प्रिमियर लिग ईपीएलको उपाधि चितवन टाईगर्सले जितेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले पोखरा राइनोजलाई हराएर उपाधि चुमेको हो। चार विकेटले पराजित भएको पोखराले उपविजेता मै चित्त बुझाउनु परेको छ।
चितवनलाई पोखराले ११२ रनको लक्ष्य दिएको थियो। चितवनले १५.५ ओभरको खेलमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। विजेता बनेको चितवनले ५० रुपैयाँ पाउने भएको छ।
यस्तै उपविजेतामा सीमित भएको पोखराले १५ लाख रुपैयाँ पाउनेछ।
असोज २३, २०७८ शनिबार १६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।