महाकाली अस्पतालमा सुत्केरीको मृत्यु, शिशुको अवस्था सामान्य 

महाकाली अस्पतालमा सुत्केरीको मृत्यु, शिशुको अवस्था सामान्य 
तस्बिर : गोकुल जोशी

धनगढी : कञ्चनपुरको महाकाली अस्पतालमा बच्चालाई जन्म दिएकी सुत्केरी महिलाको मृत्यु भएको छ। अत्यधिक रक्तस्रावका कारण शुक्रबार राति बेदकोट नगरपालिका–९ की २४ वर्षीया भागरथी साउद धामीको बच्चालाई जन्म दिएपछि मृत्यु भएको हो।

बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बग्दा उनको मृत्यु भएको महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठले जानकारी दिए।

अक्सिजनको मात्रा कम भएर उनको मृत्यु भएको श्रेष्ठले बताए। नवजात शिशुको अवस्था भने सामान्य रहेको उनले बताए। मृतकका आफन्तले महाकाली अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन्। धामीका आफन्तले घटनाको छानबिन गर्न माग गरेका छन्।

अहिले पीडित पक्ष र महाकाली अस्पताल प्रशासनबीच छलफल भइरहेको छ।

असोज २३, २०७८ शनिबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।