ईपीएल: फाइनल खेल आज, चितवन र पाेखरा भिड्दै

काठमाडाैंः जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा आज शनिबार फाइनल खेल हुँदैछ। चितवन टाइगर्स र पाेखरा राइनाेजबीच फाइनलमा भिडन्त हुने भएकाे हाे।
त्रिवि क्रिकेट मैदानमा आज दिउँसाे १२:१५ बाट खेल सुरु हुनेछ। दुवै टीम जीतका लागि आतुर रहेका छन्।
साेमपाल कामीकाे कप्तानीमा रहेकाे चितवन र विनाेद भण्डारीकाे कप्तानीमा रहेकाे पाेखरा दुवै पहिलाे पटक फाइनलमा पुगेका हुन्।
खेलकाे प्रि म्याच कन्फरेन्समा चितवनका कप्तान साेमपालले आफूमा आत्मविश्वास भएकाे भन्दै खेल जित्ने दाबी गरे। यता पाेखराका कप्तान विनाेदले फाइनलमा पुग्ने दुवै टीम नै उत्कृष्ट भएकाे भन्दै राम्राे खेल्ने टीमले जित्ने बताए।
यसअघि भएकाे पहिलाे र दाेश्राे चरणकाे खेलमा चितवनले पाेखरालाई हराएकाे थियाे। पाेखरा भने एलिमिनेटरकाे विजेतालाई हराउँदै दाेश्राे पटक क्वालिफायर खेल्दै फाइनलमा पुगेकाे हाे।
ईपीएल विजेता टाेलीले ट्रफिसहित ५० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
असोज २३, २०७८ शनिबार ०८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।