प्रतिनिधि सभाको प्रयोजन सकियो : एमाले उपमहासचिव पौडेल

एमाले स्याङ्जा रुपन्देही सम्पर्क मन्चले गरेको कार्यक्रममा पौडेलले प्रतिनिधि सभा चल्नै नसक्ने अवस्थामा पुगेको बताए।
उनले अब मुलुकको निकास ताजा जनादेश रहेको जिकिर गरे। पौडेलले भने, ‘प्रतिनिधिसभा कामै गर्न नसक्ने अवस्थामा पुगेको छ। बैठक बस्छ स्थगित हुन्छ,’उनले भने,‘ मन्त्रीहरू दौडेर रोष्टममा पुग्छन्। त्यसैले प्रतिनिधिसभाको प्रयोजन सकियो।’
उनले अबको निकास निर्वाचन भएकोले त्यसतर्फ जुट्न कार्यकर्तालाई निर्देशन दिए।
असोज २२, २०७८ शुक्रबार १९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।