माओवादी र जसपाले पनि टुंगाे लगाए मन्त्रीहरूका नाम

यस्तै बोधमाया यादव राज्यमन्त्री बन्ने भएकी छिन्।
माओवादीले यसअघि नै मन्त्रीहरूकाे नाम टुंगाे लगाए पनि मन्त्रालय भने टुंगाे लगाएकाे थिएन। आज भने मन्त्रीहरूकाे मन्त्रालय पनि टुंगाे लागेकाे छ। जसअनुसार पाैडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन्।
श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने भएकी छिन् भने गहतराज युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन्। यसअघि नै माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्रीका रूपमा सरकारमा सहभागी छन्।
यस्तै जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकारमा सहभागी हुने नेताहरूको नाम टुंगाे लगाएकाे छ। जसअनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने लिस्टमा रहेका छन्।
जसपा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ।
असोज २२, २०७८ शुक्रबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।