यातायात भाडा वृद्धि गरिएकाेमा आपत्ति

ललितपुर महानगरपालिका–१० का स्थानीय श्याम महर्जनले सरकारले वैज्ञानिक भाडादर लागू गरेको भनिए पनि यातायात व्यवसायीको इच्छामा भाडा वृद्धि हुने गरेको आरोप लगाए। भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी कात्तिक १ गतेदेखि बढेकाे भाडादर लागू हुने जनाए पनि दशैंअघि नै भाडा बढाइएको हो।
२३ प्रतिशतसम्म भाडा वृद्धि भएको प्रदेश सरकारले विज्ञप्तिमार्फत सार्वजनिक गरे पनि व्यवसायीले भने सके जति भाडा असुलेको यात्रु रमेश पुडासैनीले बताए। प्रदेश सरकारले भाडा वृद्धि गर्ने तर अनुगमन भने नगर्ने गैरजिम्मेवार काम गरेको उनकाे गुनासो छ। प्रदेश सरकारले असोज २० गते बुधबार २३ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियाे।
असोज २२, २०७८ शुक्रबार १२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।