बेलायतकाे 'रेड लिष्ट'बाट हट्यो नेपाल, खाेप लगाएकाे प्रमाण पत्रसहित बेलायत प्रवेश गर्न सकिने

बेलायतकाे 'रेड लिष्ट'बाट हट्यो नेपाल, खाेप लगाएकाे प्रमाण पत्रसहित बेलायत प्रवेश गर्न सकिने

अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रेड लिष्टबाट हटाएको हाे। यद्यपि अझै सात वटा देश भने रेड लिष्टमै रहेका छन्। 

नेपाललाई रेड लिष्टबाट हटाइएकाे निर्णय सोमबार अर्थात् यही असोज २५ गतेदेखि लागू हुनेछ।

यस्तै बेलायतले विश्वका ३७ देशमा लगाइएकाे काेराेनाविरुद्धकाे खाेपलाई पनि मान्यता दिएकाे छ। ती देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न नपर्ने जनाइएकाे छ। बेलायत सरकारले बेलायत भ्रमणमा आउनेले कोरोनाका चार प्रकारका खोपमध्ये जुनसुकै लगाएको भए पनि मान्य हुने बताएकाे छ। त्यसमा अक्सफोर्ड/एस्ट्राजेनिका, फाइजर, मोडेर्ना र जोन्सेनलाई राखेको छ।

यीमध्ये जुनसुकै खाेप लगाइएकाे भए पनि सम्बन्धित देशबाट खाेप लगाएकाे प्रमाण पत्र पेश गरेमा बेलायत प्रवेश गर्न सकिनेछ।

असोज २२, २०७८ शुक्रबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।