यूईएफए नेसन्स कप: उपाधिका लागि फ्रान्स र स्पेन भिड्ने

यूईएफए नेसन्स कप: उपाधिका लागि फ्रान्स र स्पेन भिड्ने

यसअघि इटालीलाई २-१ गाेलअन्तरले हराउँदै स्पेन फाइनलमा प्रवेश गरिसकेकाे छ। 

गए राति भएकाे दाेश्राे सेमिफाइनलमा फ्रान्सले विजय हासिल गर्दा करिम बेन्जेमा, केलियन एम्बापे र थियाे हर्नान्डेजले गाेल गरे। यता बेल्जियमका लागि यान्निक कारास्काे र राेमेलु लुकाकुले गाेल गरे। 

पहिलाे हाफमा फ्रान्स २-० गाेलअन्तरले पछाडि रहेकाे  भए पनि दाेश्राे हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गरेकाे थियाे। इन्जुरी समयमा थप गाेल गर्दै फ्रान्सले जीत हासिल गरेकाे हाे। 

स्पेन र फ्रान्सबीचकाे फाइनल खेल नेपाली समयअनुसार साेमबार राति १२:३० बाट सुरु हुनेछ। यस्तै तेस्राे स्थानका लागि इटाली र बेल्जियम आइतबार भिड्नेछन्। 

असोज २२, २०७८ शुक्रबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।