सहकारी संस्थाको बदमासीमा अर्थमन्त्रीको प्रश्न : नियमन गर्ने कसले?

उनले बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा सहकारीहरूले कम्पनी खोलेर पुँजी लगानी गर्न पाउने नीति पारित भएको बताए। ‘अब जनतासँग भएको पैसा सहकारीहरूले सङ्कलन गरेर लगानी गर्न पाउँछन्,’अर्थमन्त्री शर्माले भने,‘यसलाई छिटो कार्यान्वयनको बाटोमा लैजान कार्यविधि तयार भइरहेको छ।’
अर्थमन्त्री शर्माले कतिपय सहकारीले अर्बौँ पैसा जम्मा गरेर हिनामिना गरेको भन्दै गाउँका आमाबुवाको भत्ताको पैसा, अलिअलि जोडेको पैसा लिएर कतिपयले बदमासी गरेको बताए।
उनले बदमासी गर्ने सहकारीको नियमन गर्ने निकाय नै नरहेको बताए। ‘यहाँ सहकारी विभाग त छ, तर ठ्याक्कै यसलाई नियमन गर्ने विशिष्ट निकाय छैन,’उनले भने,‘राष्ट्र बैङ्कलाई पनि मैले सोधेँ, यो क्षेत्र उसको क्षेत्रभित्र पर्दैन भन्ने जवाफ आयो। त्यसो भए नियमन कसले गर्ने हो त?, संस्था छैन।’
असोज २१, २०७८ बिहीबार २१:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।