ईपीएल: फाइनल खेल्ने टाेलीकाे टुंगाे आज

ईपीएल: फाइनल खेल्ने टाेलीकाे टुंगाे आज

काठमाडाैंः एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत आज क्वालिफायर चरणकाे दाेश्राे खेल हुँदैछ। भैरहवा ग्ल्याडिएटर्स र पोखरा राइनोजबीच आज फाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ।

भैरहवा र पोखराबीचको खेल दिउँसाे १२:४५ बाट सुरु हुनेछ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखराबीचकाे विजेताले फाइनलमा साेमपाल कामीकाे कप्तानीमा रहेकाे चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

असोज २१, २०७८ बिहीबार ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।