सुरु भयाे दशैं, आज घटस्थापना

सुरु भयाे दशैं, आज घटस्थापना

काठमाडाैंः बहुसङ्ख्यक नेपालीहरूकाे महान चाड दशैं आजबाट सुरु भएकाे छ। दशैंकाे पहिलाे दिन आज घटस्थापना गरिँदैछ।

घटस्थापनाकाे दिनलाई जमरा राख्ने दिन पनि भनिन्छ भने आजकै दिनबाट नवरात्रिकाे आरम्भ भएकाे पनि मानिन्छ। 

आजकाे दिन विजयादशमीमा टीका थाप्दा सिउरिने जमरालाई उमार्न जाै राेप्ने गरिन्छ। आज घरघरमा विधिपूर्वक दीयो, कलश र गणेश स्थापना गर्दै घटस्थापना गरिन्छ। 

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज घटस्थापना गर्ने उत्तम साइत बिहान ११ः४६ मा रहेकाे छ।

असोज २१, २०७८ बिहीबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।