ईपीएल: चितवन फाइनलमा

काठमाडाैंः जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्स फाइनल प्रवेश गरेकाे छ। आज भएकाे पाेखरा राइनाेजविरुद्धकाे खेलमा चितवन ९ विकेटले विजयी हुँदै फाइनल प्रवेश गरेकाे हाे।
पाेखराले अब फाइनलकाे यात्रा तय गर्न काठमाडाैं किंग्स ११ र भैरहवा ग्ल्याडिएटर्सविरुद्धकाे विजेतासँग दाेश्राे क्वालिफायर खेल्नेछ। काठमाडाैं र भैरहवा हाल एलिमिनेटर चरणकाे खेल खेल्दैछन्।
आज पोखराले पहिले ब्याटिङ गर्दै दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतिमा पूरा गरेका थियाे। चितवनका मोहमद साहजदले टीमलाई जीत दिलाउन ४८ रनकाे पारी खेले। हसिम अन्सारीले १४ रन जोडे भने करिम जनत ४ रनमा अविजित रहे।
पोखराका लागि एक मात्र विकेट नन्दन यादवले लिए। यसअघि पाेखराले १५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो।
प्रतियाेगिताकाे फाइनल खेल शनिबार आयाेजना हुनेछ।
असोज २०, २०७८ बुधबार १४:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।