ईपीएल: क्वालिफायरअन्तर्गतकाे खेल आजबाट, पहिलाेमा चितवन र पाेखरा भिड्दै

ईपीएल: क्वालिफायरअन्तर्गतकाे खेल आजबाट, पहिलाेमा चितवन र पाेखरा भिड्दै

काठमाडाैंः ईपीएलअन्तर्गत आज दुई खेल हुनेछन्। पहिलाेमा चितवन टाइगर्स र पाेखरा राइनाेज भिड्नेछन् भने दाेश्राेमा काठमाडाैं किंग्स ११ र भैरहवा ग्ल्याडिएटर्सबीच खेल हुनेछ। 

चितवन र पाेखराले आज क्वालिफायर चरणकाे खेल खेल्नेछन्। बिहान ९:३० बजेबाट यी दुई टाेलीकाे खेल सुरु हुनेछ।

यस्तै एलिमिनेटरअन्तर्गत काठमाडाैं र भैरहवा भिड्नेछन्। याे खेल दिउँसाे १:३० बाट सुरु हुनेछ। 

सोमपाल कामीको कप्तानीमा रहेको चितवन अंक तालिकामा शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्न लागेकाे हाे भने विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा दोस्रो स्थानमा रहेर क्वालिफायरमा पुगेकाे हाे।

यी दुई टाेलीबीचकाे विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले एलिमिनेटरकाे विजेतासँग दाेश्राे क्वालिफायर खेल्ने मौका पाउने छ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं अंक तालिकामा चाैथाे हुँदै एलिमिनेटर खेल्न लागेकाे हाे। 

यसअघि ललितपुर र विराटनगर प्रतियाेगिताबाट बाहिरिसकेका छन्।

असोज २०, २०७८ बुधबार ०९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।