सेयर कारोबार ३ अर्ब भन्दा कम 

सेयर कारोबार ३ अर्ब भन्दा कम 

मंगलबार नेप्से परिसूचक ४१.८४ अङ्कले बढेर २६१२.६५ बिन्दुमा कायम भएको छ। कारोबार रकम भने २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँमा खुम्चिएको छ।

२२३ कम्पनीका ५८ लाख ४२ हजार १३५ कित्ता सेयर ४१ हजार ५१ पटक किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कारोबारमा आएका १३ उपसमूह मध्ये व्यापार बाहेक सबै उपसमूहको सेयर मूल्य बढेको छ।

असोज १९, २०७८ मंगलबार १५:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।