अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने, अन्तर्राष्ट्रिय विद्यार्थीलाई भने उच्च प्राथमिकता

एजेन्सीः अष्ट्रेलियाले सन् २०२२ सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ
यस्तै आजसम्ममा अष्ट्रेलियाले १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ। गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दाहरूलाई पहिलो पटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गरेका थिए।
यसैबीच प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया प्रवेशमा अबको प्राथमिकतामा बाह्य पर्यटकहरू भन्दा कुशल आप्रवासीहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरू हुने बताएका छन्। प्रायः विश्वविद्यालयहरू विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर हुने हुँदा महामारीले अष्ट्रेलियाली विश्वविद्यालयहरूमा अत्यन्तै नकारात्मक असर पारेको छ। जारी सीमा प्रतिबन्ध निरन्तर रहदाँ अन्तर्राष्ट्रिय विद्यार्थी अन्य मुलुक जानसक्ने डरले यहाँका विश्वविद्यालयहरू चिन्तित देखिएका छन्।
असोज १९, २०७८ मंगलबार १२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।