आज पाँच सयले बढ्यो सुनको मूल्य

आज पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडाैंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेकाे छ। आज नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला ९० हजार ३ सय रुपैयाँ कायम गरिएको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३ सय तोकिएको हो। छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ८ सयमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८ सय ५० कायम गरिएको छ जुन सोमबार प्रतितोला ८९ हजार ३ सय ५० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार एक सय ६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम छ। 

असोज १९, २०७८ मंगलबार ११:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।