फेसबुक, इन्स्टाग्राम, वाट्सएप ६ घण्टा 'डाउन' हुँदा ६ प्रतिशतले झर्याे कम्पनीकाे शेयर

एजेन्सीः संसारभरका प्रयाेगकर्ताले साेमबार रातिबाट फेसबुक र यसका अन्य प्ल्याटफर्म इन्स्टाग्राम र वाट्सएप चलाउन पाएनन्। यी सामाजिक सञ्जाल झण्डै ६ घण्टा 'डाउन' भयाे।
फेसबुक डाउन भएपछि अर्बाैँ प्रयाेगकर्ता प्रभावित भए। र अझ प्रभावित बन्याे फेसबुक आफैं। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ६ घण्टा फेसबुक डाउन हुँदा फेसबुककाे ६ प्रतिशत शेयर ओरालाे लाग्याे।
साेमबार राति करिब ९:१५ तिर फेसबुक डाउन भएकाे थियाे। लगत्तै अर्काे सामाजिक सञ्जाल ट्वीटरमा यसबारे प्रतिक्रिया आउन थालिसकेकाे थियाे। धेरै प्रयाेगकर्ताले फेसबुकलाई गाली गर्न थालेका थिए।
फेसबुककाे संसारभर २ अर्ब ८५ कराेड मासिक एक्टिभ प्रयाेगकर्ता छन्। वाट्सएपकाे २ अर्ब र इन्स्टाग्रामकाे एक अर्ब ३८ कराेड एक्टिभ प्रयाेगकर्ता छन्। हिजाे फेसबुक डाउन भएयता झण्डै एक कराेड प्रयाेगकर्ताले गुनासाे गरेका छन्।
यसअघि सन् २०१९ मा २४ घण्टाका लागि फेसबुक डाउन भएकाे थियाे।
असोज १९, २०७८ मंगलबार ०९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।