नीतिगत परिवर्तनका कारण सेयर बजारमा असर : उद्योग वाणिज्य महासङ्घ

महासङ्घले बैङ्क तथा वित्तीय र बिमा कम्पनीहरूको लगानी सीमालाई सङ्कुचन गरिनु, सेयर धितो कर्जामा लगाइएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्यकता अनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी सङ्कलन गर्न रोक लगाउनु, विद्युत् नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरिद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्थाका कारण सेयर बजारमा असर परेको जनाएको हो।
महासङ्घले विज्ञप्ति निकालेर उक्त नीतिगत व्यवस्थाहरूको तत्काल संशोधन एवं परिमार्जन गर्न माग गरेको छ। पुँजी बजार सम्बन्धी नीति नियम बनाउँदा सरोकारवालाहरुसंग पनि छलफल गर्न महासङ्घले आग्रह गरेको छ।
बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयाँ लगानीका साधन एवं उपकरण बढाउन पनि महासङ्घले भनेको छ।
असोज १८, २०७८ सोमबार १८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।