असोज २० गतेदेखि धनगढीमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता 

असोज २० गतेदेखि धनगढीमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता 

प्रतियोगितामा प्रदेशभरका ९ वटै जिल्लाका टिमको सहभागिता रहने सोमबार धनगढीमा पत्रकार सम्मेलन गरेर खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले जानकारी दिए। प्रतियोगिता असोज २० देखि धनगढीमा सुरु हुनेछ। 

सिंहले पहिलो चरणमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताए। उनले क्रमशः अन्य खेलकुद प्रतियोगिता पनि सञ्चालन गर्ने बताए। 

खेलमा पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेले ५० हजार रुपैयाँ, तेस्रो र चौथो हुनेले २५/२५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

असोज १८, २०७८ सोमबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।