नेप्से ६ अङ्कले घट्यो, कारोबार ३ अर्ब ६२ करोड

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर बजार ६.६८ अङ्कले घटेको छ। परिसूचक २५७०.८१ बिन्दुमा कायम भएको छ।
२२७ कम्पनीका ७६ लाख ५३ हजार २२० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँको कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमूह मध्ये ४ वटा उपसमूहको सेयर मूल्य बढेको छ। होटेल र पर्यटन, माइक्रो फाइनान्स, जीवन बिमा र अन्य उपसमूहको सेयर मूल्य बढेको छ। अरू उपसमूहको सेयर मूल्य घटेको छ।
असोज १८, २०७८ सोमबार १५:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।