ईपीएल: दुई खेल हुँदै, पहिलाेमा चितवन र भैरहवा भिड्ने

काठमाडाैंः जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा आज दुई खेल हुनेछन्। पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्ल्याडिएटर्स भिड्नेछन् भने दाेश्राेमा काठमाडाैं किंग्स ११ र पाेखरा राइनाेज भिड्नेछन्।
चितवन र भैरहवाबीचको पहिलाे खेल बिहान ९:३० बाट सुरु हुनेछ। यस्तै काठमाडौं र पोखराबीचको खेल दिउँसो १:३० बाट सुरु हुनेछ।
हाल चितवन ४ खेलमा ८ अंकसहित प्रतियाेगिताकाे क्वालिफायर चरणमा प्रवेश गरिसकेको छ। भैरहवाले पनि ३ खेलमा ४ अंकसहित दाश्राे चरणमा आफ्नाे स्थान सुरक्षित गरिसकेकाे छ।
यता काठमाडाैंकाे खातामा २ खेलमा २ अंक मात्र छ भने पाेखराकाे खातामा ४ खेलमा ५ अंक रहेकाे छ।
असोज १८, २०७८ सोमबार ०८:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।