साफ च्याम्पियनसिपमा नेपालको जित यात्रा कायमै ,श्रीलंकाविरुद्ध ३-२ को नतिजा

काठमाडौँ : साफ च्याम्पियनसिपमा श्रीलङ्का विरुद्ध नेपालले ३-२ ले जितेको छ। मालदिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा शानदार प्रदर्शन गर्दै नेपालले श्रीलंकाविरुद्ध जित निकालेको हो।
नेपालले ३-१ ले अग्रता लिएकोमा खेल सकिन पाँच मिनेट बाँकी रहँदा श्रीलङ्काले नेपालविरुद्ध पेनाल्टी पाएको थियो। श्रीलङ्का खेलमा फर्कने प्रयास गर्दागर्दै खेल सकिएको सिठी बजेको थियो।
नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । नेपालले २ खेलमा ६ अंक जोडेको छ।
नेपालले च्याम्पियनसिपमा दुई वटा खेल जितेको छ। पहिलो खेलमा नेपालले मालदिभ्सलाई १-० ले हराएको थियो ।
असोज १८, २०७८ सोमबार २३:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।