खुल्ला डबल्स ब्याडमिन्टनमा अभिषेक वोस र माधवी वोसको टोली पहिलो 

खुल्ला डबल्स ब्याडमिन्टनमा अभिषेक वोस र माधवी वोसको टोली पहिलो 

हेटौडाकै नवीन पौडेल र हिकमत सिंह पातलीको टोलीले दोस्रो स्थान हात पारेको छ। 

प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी हवलदार हरि बहादुर तामाङ तथा प्रहरी हवलदार पोषण चौधरी र प्रहरी जवान राम बहादुर थापाको टोलीले तेस्रो स्थान हासिल गरेका छन्। 

प्रतियोगितामा बागमती प्रदेश अन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीका १५ र अन्य नागरिकबाट १५ गरी ३० टिमको सहभागिता थियो। 

प्रतियोगितामा बकैया गाउँपालिका ४ का खेलाडी डा. टिकाराम राईलाई उत्कृष्ट खेलाडीको रूपमा छनौट गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ। 

विजेता खेलाडीलाई असोज २० गते हुने ६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा सिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ। 

यस्तै अन्तर प्रहरी कार्यालय स्तरीय भलिबल प्रतियोगितामा दंगा नियन्त्रण प्रहरी गण हेटौँडाले पहिलो स्थान हासिल गरेको छ। दोस्रो स्थान बागमती प्रदेश प्रहरी कार्यालयले हात पारेको छ।

असोज १८, २०७८ सोमबार २०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।