शेखर र गगनले सम्बोधन गर्ने सभामा देउवापक्षको हस्तक्षेप

शेखर  र गगनले सम्बोधन गर्ने सभामा देउवापक्षको हस्तक्षेप
तस्बिर : अनुपविक्रम मल्ल

धनगढी : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा भएको आमसभामा झडप भएको छ। कार्यक्रम सुरु हुनै लाग्दा देउवा पक्षले कालो झन्डा देखाउन खोजेपछि देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिच झडप भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा.शेखर कोइराला, गगन थापा र गुरुराज घिमिरे देउवालाई ’काउन्टर’ दिन आइतबार उनको गृह जिल्ला डडेलधुरा आएका थिए। उनीहरूले आमसभा गर्ने तयारी गरेपछि देउवा समर्थकले हस्तक्षेप गरेका हुन्।

झडपमा एक दर्जन जना कार्यकर्ता घाइते भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। उनले एक पक्षले अर्को पक्षलाई कालो झन्डा देखाउँदा झडप भएको बताए।

असोज १७, २०७८ आइतबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।