नेप्से २५ सयमा झर्यो, कारोबार ४ अर्बकाे

नेप्से २५ सयमा झर्यो, कारोबार ४ अर्बकाे

काठमाडौंः साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ५५.९३ अंकले घटेर २५७७.४९ अंकमा बन्द भएको छ। यस दिन २ सय ३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ३७ कित्ता सेयर ५२ हजार ३ सय ९१ पटक किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २ सय ४६ रुपैयाँमा कारोबार भएको छ।

आज १३ वटै उपसूचकमा गिरावट आएको छ। सबैभन्दा धेरै फाइनान्स तर्फको सेयरमा गिरावट आएको छ।

यस्तै होटल एण्ड टुरीजम ३.३३ प्रतिशत, हाइड्रोपावरको ३.९६ प्रतिशत, इन्भेस्टमेन्टको ३.८३ प्रतिशतले गिरावट आएको छ। आइतबार दिनको कारोबारमा माइलुङ खोला जलविद्युत कम्पनीको सेयरमा ९.९७ प्रतिशतको वृद्धि भएकाे छ।

यस्तै आज स्वाभिमान लघुवित्तको सेयर मुल्य पनि बढेको छ। आज मुल्य घट्नेमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माउन्टेन हाइड्रो नेपाल, छ्याङदी हाइड्रोपावर लगायतका कम्पनी छन्।

असोज १७, २०७८ आइतबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।