इलाम धोबिधाराखण्डमा सडक भत्कियाे, मेची राजमार्ग अवरुद्ध

इलाम धोबिधाराखण्डमा सडक भत्कियाे, मेची राजमार्ग अवरुद्ध

इलामः मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि राजमार्ग अवरुद्ध भएको छ। इलाम बजार नजिकै सडक भत्किएर अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ।

शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेकाे थियाे। त्यसयता सवारी सञ्चालन हुनसकेका छैनन्। तत्काल राजमार्ग मर्मत तथा सुधार गर्न नसकिने भएपछि डाइभर्सन गरी सवारी पास गराइने भएको हो।

भानुपथबाट चोकबजारतर्फ आउने साना गाडीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक ग्रिनभ्याली हुँदै राजमार्ग पठाउने र भानुपथबाट चोकबजारतर्फ आउने साना सवारीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक मालापथ आदर्श मावि हुँदै राजमार्ग पठाइने भएको छ।

हेभी गाडीलाई राजमार्ग सञ्चालन नहुञ्जेललसम्म साे बाटोमा परिचालन गर्न रोक्ने र अन्य हेभी सवारीलाई सम्भव भएसम्म रातको समयमा महानन्दचोकबाट इलामबजार हुँदै धोवीधारासम्मको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीमार्फत फिक्कल, बिर्तामोड, फिदिम र ताप्लेजुङसम्मका हेभी सवारी चालकलाई अनुरोध गरिने भएकाे छ।

पहिराेले सडक भत्किएपछि इलाम बजार क्षेत्रका केही घरसमेत जोखिममा परेका छन्।

असोज १७, २०७८ आइतबार ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।