ईपीएल : आज दुई खेल हुने, विराटनगरकाे अन्तिम खेल

काठमाडाैंः जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ। आज बिहान ९:३० बाट काठमाडौं किंग्स- ११ र विराटनगर वरियर्स भिड्नेछन् भने ललितपुर पेट्रियट्स र चितवन टाइगर्सबीचकाे खेल दिउँसो १:३० बजेबाट खेल सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं २ खेलमा २ अंकसहित हाल अंक तालिकाकाे पाँचाैं स्थानमा छ। यता करण केसीकाे कप्तानीमा रहेकाे विराटनगर अंक तालिकाकाे पुछारमा रहँदै प्रतियाेगिताबाट बाहिरिसकेकाे छ। ४ खेलमा विराटनगर जीतविहीन छ। आज हुने खेल ईपीएलमा विराटनगरकाे यस वर्षकाे अन्तिम खेल हुनेछ।
यता कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर चाैथाे स्थानमा छ। ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ भने साेमपाल कामीकाे कप्तानीमा रहेकाे चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ। चितवन अघिल्लाे चरण प्रवेश गरिसकेकाे छ।
असोज १७, २०७८ आइतबार ०७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।