सुतेको बेला आमाको मृत्यु : प्रहरीलाई छाेरीहरूले भने 'शान्त रहनुहोस्, मम्मी सुतिरहनुभएको छ'

एजेन्सीः फ्रान्समा एक महिलाकाे सुतेकै अवस्थामा मृत्यु भएपछि उनका दुई छाेरीले मृत शरीरसँगै केही दिन बिताएका छन्। अचानक मृत्यु भएकी आमाको शव लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको फ्रान्सेली अधिकारीहरूले बताएका छन्।
ती बालिका अध्ययनरत मानस शहरकाे एक विद्यालयले उनीहरू लामाे समययता विद्यालय उपस्थित नभएकाे जानकारी गराएपछि प्रहरी बालिका खाेज्न उनीहरूकाे अपार्टमेन्ट पुगेकाे थियाे।
अपार्टमेन्टमा आएका प्रहरीहरूलाई बालिकाहरूले “शान्त रहनुहोस्, मम्मी सुतिरहनुभएको छ” भनेपछि मृत शरीरसँग बालिकाले थुप्रै दिन बिताएकाे घटना सार्वजनिक भएकाे हाे।
महिलाकाे शव परीक्षणले उनकाे केही दिन पहिले नै मृत्यु भएको देखाएकाे थियाे। घटनापछि बालिकाहरूलाई अस्पताल लगेर स्याहार केन्द्रमा राखिएको छ भने उनीहरूलाई मनोवैज्ञानिक परामर्श दिइएकाे छ। केही दिनपछि बालिकाहरूसँग घटनाबारे बयान लिइने भएकाे छ।
असोज १६, २०७८ शनिबार १९:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।