ईपीएल : विराटनगर बाहिरियाे, पाेखरा दाेश्राे स्थानमा

काठमाडाैंः जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा विराटनगर वरियर्स प्रतियोगिताबाटै बाहिरिएको छ। आफ्नाे एक खेल बाँकी हुँदै विराटनगर प्रतियाेगिताबाट बाहिरिएकाे हाे।
शनिबार विराटनगर पोखरा राइनोजसँग ७ विकेटले पराजित भएकाे थियाे। विराटनगरले पहिले ब्याटिङ गर्दै पाेखरालाई एक सय ७३ रनको लक्ष्य दिएकाे थियाे। जुन पोखराले १७ ओभर ४ बलमै पूरा गर्याे।
पाेखराका लागि असेला गुनारत्नेले ५० रनको पारी खेले भने रिचर्ड लेभीले ४७ रन, साहन अर्चाचिगेले ४३ रन र कप्तान विनोद भण्डारीले १५ रनकाे पारी खेले। बलिङतर्फ विराटनगरका प्रतिष जिसी, सिकन्दर राजा र हरि चौहानले मात्र विकेट हात पार्न सके।
यसअघि विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७२ रन बनाएको थियो। विराटनगरका लागि आसिफ शेखले ४४ रन, सिकन्दर राजाले २९ रन, सन्दीप रजालीले २८ रन र कप्तान करण केसीले २४ रन बनाए। अन्य ब्याट्सम्यान खासै चल्न सकेनन्। पोखराका लागि बलिङतर्फ बिक्रम सोवले २ र विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले १/१ विकेट हात पारे।
पोखरा हाल अंकतालिकामा ५ अंकसहित दोस्रो स्थानमा छ भने अंकविहीन हुँदै विराटनगर प्रतियाेगिताबाट बाहिरिएकाे छ।
असोज १६, २०७८ शनिबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।