मोरक्कोमा कोरोना भाइरस विरुद्धको तेस्रो खोप दिइने 

मोरक्कोमा कोरोना भाइरस विरुद्धको तेस्रो खोप दिइने 
फाइल तस्बिर

एजेन्सी : मोरक्कोमा कोरोना भाइरस विरुद्धको तेस्रो खोप दिइने भएको छ। कोरोना महामारीबाट आफ्ना नागरिकलाई बचाउन तेस्रो चरणको खोप लगाउने मोरक्कोको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

यसलाई राष्ट्रिय खोप अभियानकै एउटा अङ्गको रूपमा लागू गरिने मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मन्त्रालयका अनुसार आफ्ना नागरिकलाई मात्रै नभई मोरक्कोमा बस्ने विदेशी नागरिकलाई पनि खोपको व्यवस्था गरिने छ।

उत्तर अमेरिकी मुलुक मोरक्कोमा यसअघि पहिलो खोप अभियान भने गत जनवरी २८ मा सुरु भएको थियो। त्यहाँ सुरुमा चिनियाँ सिनोफर्म खोप लगाइएको थियो।  

अहिलेसम्म मोरक्कोमा दुई करोड २७ लाख १९ हजार ८६ जनाले पहिलो मात्रा खोप लगाएका छन्। ती मध्ये एक करोड ९१ लाख ९७ हजार ९१६ जनाले दुवै खोप लगाएका छन्। मोरक्कोमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या नौ लाख ३४ हजार सात पुगेको छ। 

कोरोनाभाइरसका कारण मोरक्कोमा अहिलेसम्म १४ हजार २९० जनाको मृत्यु भएको मोरक्कोको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

असोज १६, २०७८ शनिबार १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।