सिताको मृत्युको कारण आत्महत्या भएको प्रहरी दाबी ,सुसाइड नोट फेला पर्यो

बुटवल : कर्तव्य ज्यानको जाहेरीमा अनुसन्धान भइरहेको सीता भण्डारी घटना आत्महत्या भएको प्रहरीको संयुक्त अनुसन्धान रिपोर्टमा दाबी गरिएको छ।
रुपन्देही तिलोत्तमाकी भण्डारी २७ दिन अगाडि आफ्नै कोठामा मृत फेला परेकी थिइन्। पोस्टमार्टमका मृत्युको कारण झुन्डिनु उल्लेख भए पनि उनको माइतीपक्षले स्वीकार गरेको छैन।
जिल्ला प्रहरी कार्यालयले शुक्रवार संयुक्त अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै सुसाइड नोट फेला परेको र मृत्युको कारण आत्महत्या भएको बताएको हो।
सिताको मोबाइलमा रोमन अक्षरमा ' मलाई माफ गरिदिनुहोला। मेरो अर्को जुनी भयो भने म हजुरकै काखबाट जन्मन चाहन्छु। मलाई यो जिन्दगीबाट पुग्यो। म सकिन बाँच्न' लेखिएको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको संयुक्त अनुसन्धानको प्रतिवेदनमा पोस्टमार्टम रिपोर्ट, मृतकको मोबाइलमा फेला परेको सुसाइड नोट र घटनासँग जोडिएका ३३ जनासँगको बयानबाट घटना आत्महत्या देखिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।
घटना आत्महत्या भए पनि बाध्य पारिएको भन्दै तीन जनालाई आत्महत्या दुरुत्साहन अभियोगमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
घटनास्थलमा भेटिएको सिताको मोबाइलमा रोमन अक्षरमा ' मलाई माफ गरिदिनुहोला। मेरो अर्को जुनी भयो भने म हजुरकै काखबाट जन्मन चाहन्छु। मलाई यो जिन्दगीबाट पुग्यो। म सकिन बाँच्न' लेखिएको प्रहरीको दाबी छ।
सुसाइड नोट र उनको श्रीमानसँग भएको एसएमएसको प्याट्रन मिलेको प्रहरीको दाबी छ। उनको आफन्तले सिताको शव उठाएका छैनन्। प्रहरीले सिताको श्रीमान् टीका पौडेल, जेठाजु हरि पौडेल र आमाजू विष्णु पौडेललाई हिरासतमा राखेको छ।
असोज १६, २०७८ शनिबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।