साफ च्याम्पियनसिपमा नेपालले हरायो मालदिभ्सलाई

काठमाडौँ : साफ च्याम्पियनसिपमा नेपालले आयोजक मालदिभ्सलाई हराएको छ। शुक्रबार राति भएको पहिलो खेलमा नेपालले मालदिभ्सलाई १-० गोल अन्तरले हराएको हो।
नेपालका लागि खेलको ८६ औँ मिनेटमा मनिष डाँगीले गरेको गोल निर्णायक बन्यो। जितसँगै नेपालले तीन अङ्क जोडेको छ। साफ च्याम्पियनसिपमा नेपालले मालदिभ्सलाई हराएको यो पहिलो पटक हो।
प्रतियोगितामा बङ्गलादेशले पनि तीन अङ्क जोडेको छ। उसले शुक्रबार नै भएको खेलमा श्रीलङ्कालाई १-० ले हराएको थियो।
अब नेपालले दोस्रो खेलमा सोमबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ।
असोज १६, २०७८ शनिबार ०८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।