साफ च्याम्पियनसिप आजदेखि : नेपालले मालदिभ्सको सामना गर्ने 

साफ च्याम्पियनसिप आजदेखि : नेपालले मालदिभ्सको सामना गर्ने 
फाइल तस्बिर

काठमाडौँ : १३ औँ संस्करणको साफ च्याम्पियनसिपको उद्घाटन मालदिभ्सको राजधानी मालेमा हुँदैछ। मालेको राष्ट्रिय फुटबल स्टेडियममा नेपालले मालदिभ्सको सामना गर्नेछ।

नेपाल र मालदिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुने छ।​ पहिलो खेलमा श्रीलङ्का र बङ्गलादेश भिड्नेछन्। 

साफ च्याम्पियनसिपमा आयोजक मालदिभ्स, नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहेको छ। पाकिस्तान र भुटान भने सहभागी नहुने भएका छन्।

लिगका आधारमा हुने खेलमा पाँचै टोलीले एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्ने छन्। लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।

साफको तयारीका क्रममा नेपालले मालदिभ्स जानु अघि कतारमा विशेष तयारी गरेको थियो। नेपालले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालले दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपालले भारतसँग १-१ को बराबरी गरेको थियो। दोस्रो खेलमा २-१ ले पराजित भएको थियो। 

असोज १५, २०७८ शुक्रबार ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।