सेयर बजार तीन अर्ब ७० करोडमा खुम्चियो

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले घटेको छ। नेप्से परिसूचक ३२.५१ अङ्कले घटेर २६३३.४२ अङ्कमा पुगेको छ।
नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर तीन अर्ब ७० करोड २९ हजार ५०७ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बिहीबार कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर उकालो लागेको छ। व्यापार ११८.१३, अन्य ४.५६ र सामूहिक लगानी कोष ०.०३ अङ्कले बढेको छ।
यस्तै बैङ्किङ २०.६, होटेल तथा पर्यटन ४४.१५, विकास बैङ्क १५५.७५, जलविद्युत् ८२.५१, वित्त ६८.९६, निर्जीवन बिमा १०४.५७, उत्पादन १०२.९७, लघुवित्त ३८.२२, जीवन बिमा १०१.४२ र लगानी १.०९ अङ्कले घटेको छ।
कारोबारका आधारमा आज नेपाल बैङ्क लिमिटेडको सबै भन्दा धेरै १२ करोड ७७ हजार बराबरको कारोबार भएको छ। यस्तै अपि पावर कम्पनीको १० करोड ८३ लाख ३२ हजार ७३०, मेगा बैङ्कको १० करोड नौ लाख पाँच हजार ४७०, हिमालयन डिस्टिलरीको नौ करोड ८४ लाख ६५ हजार ८२० र नेपाल पुर्नबिमा कम्पनीको नौ करोड ४० लाख ३५ हजार ८३७ बराबरको सेयर कारोबार भएको छ।
असोज १४, २०७८ बिहीबार २०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।