धनगढीमा २२ जनामा कोरोना पुष्टि, एक सङ्क्रमितको  मृत्यु

धनगढीमा २२ जनामा कोरोना पुष्टि, एक सङ्क्रमितको  मृत्यु

धनगढी : धनगढीमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा १ सय ८३ जनाको नमुना परीक्षण गरिएकोमा २२ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। यो अवधिमा  ४ जना अस्पतालमा भर्ना भएका छन्।

हाल अस्पतालमा  ७ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। जसमध्ये ४ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यसैबीच उपचारकै क्रममा एक जना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका- ७ का ८४ वर्षीय वृद्ध रहेका छन्। श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको लागि महाकाली अस्पताल कञ्चनपुरमा लगिएको थियो।

पिसिआर चेकजाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि आफन्तहरूले थप उपचारको लागि उनलाई बुधबार सेती प्रादेशिक अस्पताल ल्याएका थिए।

असोज १४, २०७८ बिहीबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।