ईपीएल : ललितपुर र पाेखराबीचकाे खेल ७ ओभरमा झारियाे

ईपीएल : ललितपुर र पाेखराबीचकाे खेल ७ ओभरमा झारियाे

ललितपुर र पोखराबीचको खेल बिहान ९:३० बजे सुरु हुने भनिएकाे थियाे। तर अब ११:५५ बाट खेल सुरु हुने भएकाे छ।

यस्तै पाेखरा राइनाेजले पहिलाे पारीमा बलिङ गर्ने भएकाे छ। पाेखराले टस जित्दै बलिङ गर्ने निर्णय लिएकाे हाे। 

ललितपुर पहिलाे खेलमा काठमाडाैं किंग्स ११ सँग पराजित भएकाे थियाे। कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर पाेखरालाई हराउँदै पहिलाे जीत निकाल्ने दाउमा हुनेछ।

यस्तै विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पनि पहिलाे खेल वर्षाका कारण रद्द भएपछि आज जीत निकाल्ने याेजनासहित मैदान प्रवेश गर्नेछ। 

असोज १३, २०७८ बुधबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।