उत्तर काेरियाले परीक्षण गर्‍याे हाइपरसाेनिक क्षेप्यास्त्र

उत्तर काेरियाले परीक्षण गर्‍याे हाइपरसाेनिक क्षेप्यास्त्र
उत्तर काेरियाकाे सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेकाे ह्वासाेङ्ग-८ क्षेप्यास्त्रकाे तस्बिर/राेयटर्स

उत्तर काेरियाका अनुसार मङ्गलबार परीक्षण गरिएकाे यस क्षेप्यास्त्र पाँच वर्षे सैनिक विकास याेजनाअन्तर्गतकाे पाँच महत्त्वपूर्णमध्येकाे एक क्षेप्यास्त्र हाे। यस क्षेप्यास्त्रलाई रणनीतिक हतियार भनिएकाे छ। साधारणतया आणविक हतियारलाई रणनीतिक हतियार भन्ने गरिन्छ। 

याेसहित उत्तर काेरियाले पछिल्लाे एक महिनामै तीन क्षेप्यास्त्र परीक्षण गरेकाे छ। यसअघि उत्तर काेरियाले नयाँ प्रकृतिकाे क्रुज क्षेप्यास्त्र पनि सफलतापूर्वक परीक्षण गरिसकेकाे छ भने ब्यालिष्टिक क्षेप्यास्त्र पनि परीक्षण गरिसकेकाे छ।

असोज १३, २०७८ बुधबार ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।