मङ्गलवार पनि रोकिएन सेयर बजारको पहिरो

मङ्गलवार पनि रोकिएन सेयर बजारको पहिरो

परिसूचक घटे पनि सोमबारको तुलनामा सेयर कारोबार रकममा सुधार भएको छ। सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा मङ्गलवार ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।

 ७५ हजार ३ सय ७४ पटकको कारोबारमा कूल १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर खरिदबिक्री भए।

 १ सय ७३ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। ५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेको छ। यसरी घट्नेमा अधिकांश हाइड्रोपावर समूहका कम्पनी छन्।

धेरै घट्नेमा फाइनान्स कम्पनीहरू छन्। फाइनान्स कम्पनीको सवइन्डेक्स ७ दशमलव ३७ प्रतिशतले घटेको छ ।

मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनी, मेगा बैङ्क लगायतका केही कम्पनीहरूको शेयर मूल्य भने बढेको छ ।

 

 

असोज १२, २०७८ मंगलबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।