पहिरो प्रभावित केन्द्रित प्याकेज ल्याउन बुटवल काँग्रेसले बुझायो ज्ञापन पत्र

पहिरो प्रभावित केन्द्रित प्याकेज ल्याउन बुटवल काँग्रेसले बुझायो ज्ञापन पत्र

नेपाली काँग्रेस बुटवल नगर समितिले मङ्गलवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेको मुख्यमन्त्री कुलप्रसाद केसीलाई पहिरो प्रभावितलाई राहत तथा उनीहरूलाई तत्काल व्यवस्थापन गर्न माग गरेको हो। 

ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले यो विषयलाई गम्भीरतापूर्वक लिन मुख्यमन्त्री केसीलाई आग्रह गरे। 

त्यस्तै तिनाउ दानव नदिका कटानका कारण भएको क्षतिप्रति पनि गम्भीर बन्न आग्रह गर्दै उनीहरूलाई समेत राहतको व्यवस्था गर्न र तटवन्धनको प्रबन्ध मिलाउन काँग्रेसले माग गरेको छ। 

बुटवलको राजमार्ग चौहारादेखि गोलपार्क सम्मको सडक मर्मत, वेलवास वेथरी सडक छिटो सम्पन्न गर्न र आउँदै गरेको चाडपर्वको समयमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी हुन नदिन सरकारलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गरेको छ।

मुख्यमन्त्री केसीले बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरूका लागि उद्धार, राहत तथा पुनः स्थापनका लागि ३ चरणका कार्य योजना बनाउने गरी सरकार लागेको बताए। 

तत्काल राहत तथा पुनः स्थापनका लागि जिल्ला प्रशासन कार्यालयले तथ्याङ्क सङ्कलनका लागि निर्देशन दिएको उनले बताए। गएको भदौ १३ गते झरेको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौँ घर परिवार विस्थापित भएका छन्। 

यसै गरी भदौ ११ गते आएको वर्षाले बुटवल–११, बुद्धनगरका आधा दर्जन बढी घर–परिवार घरबारहीन बनेका छन्।

असोज १२, २०७८ मंगलबार १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।