मेयरलाई मुक्का हान्ने गणेश पाँच हजार धरौटीमा छुटे

पङ्गेनीले भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका गर्न गएको बेला मेयर सुवेदीमाथि दुर्व्यवहार गरेका थिए। प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक मुद्दा अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरेको थियो।
मेयर सुवेदीलाई दुर्व्यवहार गर्ने पङ्गेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित हुन्। पहिरोमा घर डुबेका उनले आवेशमा दुर्व्यवहार गरेको भन्दै मेयरले कारबाही अगाडि नबढाउन प्रहरीलाई भने पनि प्रहरीले भने पक्राउ गरिसकेकाले कानुनी प्रक्रिया अगाडि बढाएको थियो। उनी एमाले कार्यकर्ता हुन्।
मुक्का प्रकरण
असोज १२, २०७८ मंगलबार १५:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।