वीरगञ्ज भन्सारबाट दुई महिनामा आठ अर्ब राजश्व सङ्कलन

वीरगञ्ज भन्सारबाट दुई महिनामा आठ अर्ब राजश्व सङ्कलन

पर्साः सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष ०७८/०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ। पर्साको सिरिसियामा रहेको भन्सारमा विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत सामग्री भित्रिन्छ।

गत साउन र भदौमा कूल ७ अर्ब ७ करोड ५३ लाख ५६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो। त्यसमा लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशतले वृद्धि भई कूल ८ अर्ब ५५ करोड ८१ लाख राजश्व सङ्कलन भएको छ।

नेपालमा पछिल्लो समय सामग्रीको आयात बढेकाले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको कार्यालय प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिए।

यस नाकामा विशेष गरी भारत, जापान, अमेरिका, बेलायत, इजरायल, दक्षिण कोरिया, खाडी क्षेत्रका विभिन्न देशबाट सामग्री आयात हुन्छ। ठूला उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थ, सवारी साधन, उपकरण तथा सामग्री, मदिराजन्य पदार्थ, तयारी पोशाकलगायत सामग्री पनि यहाँबाट भित्रिने गरेकाे छ।

असोज ११, २०७८ सोमबार १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।