सुनकाे मूल्यमा घटबड, आज तीन सयले बढ्यो

सुनकाे मूल्यमा घटबड, आज तीन सयले बढ्यो

काठमाडाैंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८ सय ५० तोकिएको छ।

छापावाल सुन आइतबार प्रतितोला ८९ हजारमा कारोबार भएको थियो। तेजाबी सुन आइतबार प्रतितोला ८८ हजार ५ सय ५० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला एक हजार एक सय ५० मा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार एक सय ६० तोकिएको हो।

यसै साता सुनकाे मूल्यमा एकैदिन ९ सयसम्म बढेकाे थियाे।

असोज ११, २०७८ सोमबार १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।