ईपीएलमा आज पनि २ खेल, पहिलाेमा काठमाडाैं र विराटनगर भिड्ने

ईपीएलमा आज पनि २ खेल, पहिलाेमा काठमाडाैं र विराटनगर भिड्ने

काठमाडाैंः जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा आज दुई खेल हुने भएकाे छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिलाे खेल काठमाडाैं किंग्स ११ र विराटनगर वरियर्सबीच हुनेछ भने दाेश्राेमा भैरहवा ग्लाडिएटर्स र चितवन राइनाेजबीच प्रतिस्पर्धा हुनेछ। 

काठमाडौं र विराटनगरबीचकाे खेल बिहान ९:३० बजे सुरु हुनेछ। काठमाडाैंले पहिलाे खेलमा जीत हासिल गरेकाे थियाे भने विराटनगरले हार व्यहाेरेकाे थियाे। काठमाडाैं सन्दीप लामिछाने र विराटनगर करण केसीकाे नेतृत्त्वमा मैदानमा उत्रिनेछ। 

यस्तै दोस्रो खेलमा भैरहवा र चितवनबीच दिउँसो १:३० बजे सुरु हुनेछ। हिजाे भएकाे भैरहवा र पाेखराबीचकाे पहिलाे खेल वर्षाका कारण टुङ्गिएकाे थियाे। शरद भेषवाकरको कप्तानीमा भैरहवा पहिलो जीतकाे खाेजीमा हुनेछ। 

असोज ११, २०७८ सोमबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।